जुनी बाँच्छ्यौ भने

मैलै दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौ भने
मरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौ भने ।

मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ
अब भन्ऩु के नै छ र मलाई गलत ठान्छौ भने ।
.

हजार हजार पर्बतहरु


हजार हजार पर्बतहरु छेक्दै छेक्दै आए
पाईलाभरि हाम्रा प्रीत लेख्दै लेख्दै आए

तिम्रो मेरो तनको दुरी सयौ कोष छ
आखाभरि तस्बिर तिम्रै देख्दै देख्दै आए

बाटोभरि भेटिएका बर पिपल र चौतारीमा
बिस्रामलिदै बियोगको घाऊ सेक्दै सेक्दै आए

खानेमुख लाई जुँगाले कहिले छेक्दो रहेनछ
च्वास्स घोच्ने काडा माथि टेक्दै टेक्दै आए
               By:- Sanjita Dhakal

No comments:

Post a Comment