नखोज्नु है मलाई
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
म कति रोए रोए
पहिला खुशीले तिमीलाई पाएर रोए
अनि अन्जानमा माया लाएर रोए
भेट नहुदा तिमीसंग चाएर रोए
गोदौलीमा तिमीलाई भेट्न धाएर रोए
त्यो भन्दा नि धेरै त .....तिमीलाईनेपाली सायरी गोरेटोको यात्राभरि गीत साँटे हुन्छ । मिल्छ भने तिम्रो मेरो रीत साँटे हुन्छ । बेग्ला बेग्लै मनलाई जोड्ने पुल बनाएर, जुनी जुनी अमर रहने प्रीत साँटे हुन्छ ।
माया खुल्ला , व्यापक र युनिभर्सल हुन्छ त्यसैले माया सार्वजनिक हुनुपर्छ ।
चोखो प्रेमलाइ ठान्नुभो रेला हजुरले गर्नुभो आखीर किन हेला हजुरले सहमति समजदारी हामी दुइको थियो‚मान्छे किन पार्नुभो भेला हजुरले ।
नदीको किनारामा चिसो हावाको साथ पाए मायालुको सम्झनामा नसाको रात पाएँ नसाको तालमा मैले उसलाइ खोज्दा विरहमा लेखेको चिठीको खात पाए समयले ठगिदिदा रुन मन लाग्छ कस्तो बाटो रोजे मैले सारै दिक्क लाग्छ ।
सायद मान्छेहरु भन्दा हुन् ! कतिले सोच्दा हुन् ! सडक र चौतारामा फूलेका फूलहरु वरपर भेटिने सुन्दरीहरु कति सुन्दर र मनमोहक छन् ! देख्छ ज्ास्ले आखिर मन तानेका छन् ! यीनै पछि सब थोक माया मारेर दिनरात खट्नेहरुको लर्को छ । तर जो सत्य छ तरपनि सतहमा तैरिन सकेन जो देखिएको छ तरपनि लुकाउन खोजिन्छ ! सुन्दर हुनुको पछाडी भमराहरुबाट चुसीनुको डर मन मारेर बिताएका क्षण चुसिसकेपछिको पीडा सबै मानस्पटलमा कुटिरो पारेर कति जगजगी पालेरपिन आँखीर यहा फूलेका फूल र सुन्दरीहरुको सायद यसैगरी दैनिकी बिति रहेछ ।
कुनै सुन्दर फुल फुलेको देखेर काँडाको बेवास्ता गरी टिप्न खोज्नु मूर्खता हो
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
तिम्रो माया पाउन यहाँ वैरी मात्रै बनाये
तिम्रो लागी सधैं सधैं माया मात्रै खनाये
मायाको सुन्दर संसार पवित्र आत्माको मिलन ठानी
हरेक पल घडी घडी मेरो उपस्थिती जनाये
आत्मा हाम्रो जुडी रह्यो धड्कन हाम्रो एक हुँदा
तिमी सगै जुडी रहे हरपल चाडबाड झै मनाये
आजपनी आगमन तिम्रो होला भनी बसि’रछु
प्रतीक्षा मै मेरो जीवन तिम्रै निम्ती खनाये
दुई आँखा यतैबाट मलाई तरेर गए
मेरो हत्यापत्रमा सहीछाप गरेर गए
उज्यालो ल्याउँछु भन्थे, अँध्यारोको ढोका खोली
हेर आज घामजूनलाई दागा धरेर गए
साधुलाई शूली नभए यो के हो महोदय ?
सजाय छ फेरि तिनैमाथि जो मरेर गए
आँखाभित्र अटाइनौ जब आफ्नै नानीलाई
नजरबाट कति-कति तारा झरेर गए
कुहिरो फाटेपछि फेरि तिमीले यो के गर्यौ ?
हाम्रा खुसीहरू आज बसाइ सरेर गए
तिमिनै भन म के गरु
नयनभित्र लुकाउँ भने आँशु सित खस्ने हौकि
छातीभित्र सजाउँ भने कलेजीमा डस्ने हौकि
कहाँ राख्ने होला मैले आकाशको तारा टिपी
अंगालोमा झुन्ड्याउँदा पासो बनी कस्ने हौकि
देख्न थाले सपनामा सुन्दर महल आजभोलि
चाहनामा आगो लगाइ खरानी पो घस्ने हौकि
बबईको तटमा सानो घर्ज्म गर्न हिँड भन्थे
झुप्रो छोडी तिमी पनि महलतिर पस्ने हौकि
चट्टानबाट पानी रसाइ प्यास मेटाउने मेरो आशा
रोटी भोटी नपुर्यामा तिमी रुदै बस्ने हौकि
आखा भरि तिम्रै तस्बिर !!!
आखा भरि तिम्रै तस्बिर सजाए मैले
तिम्रै यादमा अविरल आशु बगाए मैले
लुकाएर सारा पिडा हरु आफै भित्र
तिम्रै लागि हर पल खुसि मगाए मैले
हासो खुसि जे दिन्छौ देउ तिमि
अब तिमि संगै नाता लगाए मैले
तिमि संगै रमाउने आशाहरु लिएर
आफ्नै सारा खुशी जलाए मैले
बाँचुन्जेल तिमी सँगै !!!
बाँचुन्जेल तिमी सँगै कुरा गर्न पाए पुग्छ
अञ्जुलीमा तिम्रो माया सधैं भर्न पाए पुग्छ
संसारको सारा खुशी मेरो लागी केहि होइन
जहा जान्छौ तिमी त्यहि मैले सर्न पाए पुग्छ
जिन्दगीका अफ्ठ्यारा ति मोड अनि जंघारहरु
तिम्रै हात समाएर सधैं तर्न पाए पुग्छ
विधिको त्यो विधानमा भागवण्डा लाग्छ भने
युगौ युग मेरो भागमा तिमी पर्न पाए पुग्छ
खुशी छु म जिन्दगीमा अरु केहि चाह छैन
अन्तिम इच्छा तिम्रै काखमा हाँस्दै मर्न पाए पुग्
गजल
तिम्रै हातले लेखिएको नाऊ अझै बाँकी छ।
निस्फिक्री खेले हुन्छ खुशी छु म पराजएमै
तिम्म्रो पक्षको आखिरी एक दाउ अझै बाँकी छ
तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी घरी बल्झी रहने घाऊ अझै बाँकी छ
अप्सरा झै सिँगारिएर केको उत्सब मनायेउ हिजो
सप्त रंगी सिउदो भरि फाउ अझै बाँकी छ
जले सबै सपना हरु उराठ भयो जीन्दगी
अफ्सोच ई आँशुको तलाउ अझै बाँकी छ
म हार बटुल्छु तिमी जीत छान
म हार बटुल्छु तिमी जीत छान
मलाई रुवाउने कुनै गीत छान
मलाई नितान्त एक्लो पारेर तिमी
जीवन बिताउने कोही मीत छान
म सन्तापमै सँधै जलेर बाँच्छु
तिमी शीतल जून अनि शीत छान
यो दुनियाँमा कुनै अर्थ हुन्न साँचो
तिमी बद्लिएरै आफ्नो हीत छान
बिनामोलको सँधै बेवारिसे हुन्छ
मुल्य चिनेर अब नयाँ प्रीत छान
थाहै नपाई कसैको नजरले
म दोषी पाएछु
नचाहँदा नचाहँदै कसै सामु
म मित्र बनी छाएछु
अन्जान मै नजिकको सम्झी
मित्रताको साइनो लाएछु
निर्मोहीलाई विश्वास गरी
ब्यर्थै भेट्न धाएछु .....
हो, जबर्जस्ती मैले मात्रै
असल मित्र बन्न चाहेछु
हरेक दुख नलुकाई
आफ्नु वास्तविकता काएछु .....
मन दुखेछ आहिले सारै
झुठो आरोप ला'को देख्दा
विस्श्वास लत्याई बहिरीसँग
नजिकिने उसको चाह देख्दा
"भाग्यको घाम डुबेछ "
बिहानेको लाली नछाउदैं
फूलमा बहार नआउँदै
यो मनको आशा सबै मरेछ।।
मेरो भाग्यको घामनै डुबेछ ।।।
कोपिला फक्रन नपाउदै
सुघन्धित हावा चल्न नपाउदै
जीवन मेरो ढली सकेछ ।।
मेरो भाग्यको घामनै डुबेछ ।।।
सुनौलो संसार देखन नपाउदै
निमोठिएका ती सुन्दर कोपिलाहरु
रमाइलो भोलिको आशामा
मेरो भाग्यको घामनै डुबेछ ।।।
Nepali Gajal
पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ ।
समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म,
कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको खोजी गर्दै भागिरहेछ ।
जाँदाजाँदै फर्किफर्कि हेर्ने बानी त्यो, तेही नजरलाई अझै सम्झिरहेछ
तिमीसँग भेट हुने कल्पनाले नै, विषलाई अमृत झैँ चाखिरहेछ ।
बोल्नु परे एउटै शब्द बाँकी रहेथ्यो, त्यही भन्न खोज्दाखोज्दै घाम अस्तायो
धेरै धेरै कुरा भए तर पनि त्यो, एउटै कुरा मनले अझै राखिरहेछ ।
बादल झैँ टुक्रा टुक्रा छरिदै म हिँडे, आकाशमा लाखलाख ताराहरु छन्,
मन गगनले एउटा सानो जूनमात्र, अन्धकार मेट्न भनी मागिरहेछ ।
प्रतीक्षाको वेदनाले नसताओस् भनी, मनलाई ञमनु जस्तै ढुङ्गा बनाएँ,
हुँदाहुँदै यसैगरी हीरा भएछु, नभनिदेऊ हीरा पनि दागी रहेछ ।
Gun Gari Farki Jane
फुलेपछि झरिजाने पारिजात रै’छ ।
हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो,
काँढामाथि सजिएको फूलपात रै’छ ।
र्सर्ूयसित रिसाएर हिँड्नेहरूलाई,
माया गरी फकाउने कालो रात रै’छ ।
छुटे इष्टमित्र सबै छुटे साथी-सङ्गी,
एक्लो छैन किनभने बाटो साथ रै’छ ।
बेनामी नै लेखिएछ यति धेरै चिठी,
मेचमाथि जिन्दगीको खातैखात रै;छ ।
तर्ीथव्रत गर्दागर्दा बिर्सिएछौं ‘मनु’,
मदिराझैं पञ्चामृतको कडा मात रै’छ ।
Galti
तिमीले मलाई सधैं
लाखमा एक ठान्थ्यौ
तर म एकमा आधा पनि
सध्दे ठहर्न सकिन
गल्ति तिम्रो भनुँ
वा मेरो भनुँ ?
तिम्रो विषयमा
तिमी आफैं बोल
मेरो विषयमा सोध्छौ भने
मैले जीन्दगीभर
पछुताउन पुग्ने गरी
थुप्रै गल्तिहरू गरिसकेको छु
Gaun Sanga Gunaso
म यात्राबाट थकित फर्कें
पाएँ तिमीलाई जात्रामा चकित
कति उनिनु, कति थुनिनु
युग–युग पुरानो उही रमितामा
मेरो गाउँ, अब यसरी मौन रहनु हुन्न ।
बा¥ह वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्
टुहुरोको पनि एकदिन त सुदिन फिर्छ भन्छन्
कम्तिमा पनि अलिकता आकांक्षा बुनौं
सुहाउँदा केही सपनाहरूको सृजना गरौं
मेरो गाउँ, अब यसरी शून्य रहनु हुन्न ।
अग्राख पलाएर फैलिइरहेको छ
रात हरायो नभन्नू
एकमुठी घाम त खोज्नै पर्छ
अब हात चलाउनू, खुट्टा चलाउनू
मेरो गाउँ, अब यसरी अचल रहनु हुन्न ।
गजल
तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु
नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु
कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु
उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु
कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु
गजल
थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो
देखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायद
भाग्यले पनि यही अभागीलाई नै छली नै रह्यो
जुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बार
तिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्यो
अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो
मुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किन
रोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो
गजल
छरीएका पीरतीहरू संगाआलेर सिईदिंएं,
बांकि थियो एउटै मन तेहि पनि दिइदिएं।
रक्सी पीई नसा लिने रहर तर होईन मेरो,
साथीभाईको बचन राख्न पहिलोचोटी पीईदिएं।
धेरैपछि प्रिया लाई भेटेकोथें एकान्तमा,
ऊनको बचन कसरी हार्नु दोस्रोपटक लिईदिएं।
बैगुनीले कुन्नी किन छाडिगईन मलाई फेरी,
ऊनको आशमा फेरी मैले एकपटक पीईदीएं।
ऊनको याद मनमुटुमा ताजै छ अझै पनि,
ऊनी बीना जीउन सिक्न पटकपटक पीईदीएं।
छरीएका पीरतीहरू संगाआलेर सिईदिंएं,
बांकि थियो एउटै मन तेहि पनि दिइदिएं।"तिमी "
"तिमी "
"मैले गाउने गीतको तिमी
धुन बनी आइदियौ ।
पतझरको मौसममा पनि
बहार बनी छाइदियौ ।।
तिम्रो आगमनको रङ्ले
सारा दुनियाँ रङगाइ दियौ ।
थाहै नपाई मेरो जीवनको
अंमुल्य हिस्सा बनी दियौ ।। "
होइन हौ होइन
म पनि त त्यति सारो गरिबी त होइन हौ
तिमीले जसरी धन सम्पतिमा
घमण्डी गर्न नजानेर पो त
म पनि त त्यति सारो सुकुम्बासी त होइन हौ
तिमीले जसरी धन सम्पतीलाइ्र
सबैकुरा नठानेर पो त ।
म्ा पनि त त्यति सारो दु खी त होइन हौ
आफ्नो दुख ब्यथा लुकाएर
देखाउटी हाँस्न नजानेर पो त
म पनि त त्यति सस्तो त होइन हौ
तिमी जस्तै धनको पिछ
स्वाँफ् पार्दै नाच्न नजानेर पो त ॥
म्ा पनि त त्यति सारो लाटो त होइन हौ
तिमीले जसरी धनढ्यालाई
आफ्नो बनाउन नजानेर पो त
म पनि त त्यति सारो नामर्दा त होइन हौ
तिमीले जसरी क्षणिकको लािग
चारै तिर मनाउन नजानेर पो त ।
स्वार्थी रैछौ माया
स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने
मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने ........
म त तिम्रो भरमा परी सबै कुरा भन्थें
मिलन कहिले होला भनी दिनहरू गन्थें ........
पापी रैछौ मायाँ तिमी सधैं चोट दिने
आफ्नो कुरा लुकाएर अरुको चाहिं लिने ............
म त तिमी मेरै भनी सबलाई भूली दिन्थें
आफ्नो पीर लुकाएर तिम्रो दु:ख लिन्थें .........
स्वार्थी रैछौ माँया .....................
परेलीका ओठमा !!!"तिमी "
"मैले गाउने गीतको तिमी
धुन बनी आइदियौ ।
पतझरको मौसममा पनि
बहार बनी छाइदियौ ।।
तिम्रो आगमनको रङ्ले
सारा दुनियाँ रङगाइ दियौ ।
थाहै नपाई मेरो जीवनको
अंमुल्य हिस्सा बनी दियौ ।। "
होइन हौ होइन
म पनि त त्यति सारो गरिबी त होइन हौ
तिमीले जसरी धन सम्पतिमा
घमण्डी गर्न नजानेर पो त
म पनि त त्यति सारो सुकुम्बासी त होइन हौ
तिमीले जसरी धन सम्पतीलाइ्र
सबैकुरा नठानेर पो त ।
म्ा पनि त त्यति सारो दु खी त होइन हौ
आफ्नो दुख ब्यथा लुकाएर
देखाउटी हाँस्न नजानेर पो त
म पनि त त्यति सस्तो त होइन हौ
तिमी जस्तै धनको पिछ
स्वाँफ् पार्दै नाच्न नजानेर पो त ॥
म्ा पनि त त्यति सारो लाटो त होइन हौ
तिमीले जसरी धनढ्यालाई
आफ्नो बनाउन नजानेर पो त
म पनि त त्यति सारो नामर्दा त होइन हौ
तिमीले जसरी क्षणिकको लािग
चारै तिर मनाउन नजानेर पो त ।
स्वार्थी रैछौ माया
स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने
मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने ........
म त तिम्रो भरमा परी सबै कुरा भन्थें
मिलन कहिले होला भनी दिनहरू गन्थें ........
पापी रैछौ मायाँ तिमी सधैं चोट दिने
आफ्नो कुरा लुकाएर अरुको चाहिं लिने ............
म त तिमी मेरै भनी सबलाई भूली दिन्थें
आफ्नो पीर लुकाएर तिम्रो दु:ख लिन्थें .........
स्वार्थी रैछौ माँया .....................
परेलीका ओठमा टल्पलाएका सजल तिमीलाई,
त्यहि सजल ले कोरेको यो गजल तिमीलाई ,
कठिन परीक्षा दुखको जिन्दगीमा आए पनि,
विफल बरु मैले नै पाउ तर सफल तिमीलाई ,
चाहे जस्तो भइ किन मैले बाच्नु नपरोस ,
सबै खराब मलाई संसारको असल तिमीलाई ,
हरेस तिमी कहिल्यै नखानु म होउन्जेल ,
लाऊ बरु म मा भाको आत्माबल तिमीलाई
म भित्रको एक मुठी प्राण रहुन्जेल सम्मै ,
मैले बाच्ने जिन्दगीको पलपल तिमीलाई
एक्लै म मरेर के गर्नु
तिमी मर्दैनौं मसँग एक्लै म मरेर के गर्नु!
पोखाइ दिन्छु आँशुको घैला भरेर के गर्नु!
तिम्रो यादको यात्री म खोज्छु बाटो तिमीलाई भेट्ने
तिमी बिछोड्न्छौ सात समुद्रपारी म खोला तरेर के गर्नु!
घर न घाटको मुर्दा म त बाँच्नु पर्दा विवशतामा
उड्दैछ धुँवा जलेर चिता अब रंङहरु छरेर के गर्नु!
अन्धकार भयो जीवनको वस्ती तिमीलाई नपाउँदा
लागेन घाम छाएन जुन अब टाढाको तारा झरेर के गर्नु!
रोपेका थियौं रंगिन सपना रुखो जीवनको फूलबारीमा
रोगी भो माया बाँचेन कतै अब खडेरीमा सरेर के गर्नु!
झुट
त्यो तिम्रो निस्चल आँखाको हेराइ झुट , त्यो कोमल स्पर्श पनि .
त्यो तिम्रो आसुँ , अनी तिम्रो ओथको हाँसो पनि .
त्यो निश्पप ओथ्हरुले बोलेक बाचा झुट.
त्यो निश्कलन्क शरीर झुट .त्यो मैले पहिलो पटक छोएको झुट .
अन्तिम पटक म नै हुन्छु , तिम्रो बाचा झुट .
अहिले अङालोमा कसैको तिमी ,
अनी उस्को लागि ,
तिम्रा आँखा निस्चल ,
ओथ निश्पाप ,
शरीर निस्कलन्क ,
उु नै फेरी पहिलो अनी फेरी अन्तिम !!!!!!!!!!!!!!!
प्रेरणाकी खानि
हौ तिमी प्रेरणाकी खानि
त्यो तिम्रो निस्चल आँखाको हेराइ झुट , त्यो कोमल स्पर्श पनि .
त्यो तिम्रो आसुँ , अनी तिम्रो ओथको हाँसो पनि .
त्यो निश्पप ओथ्हरुले बोलेक बाचा झुट.
त्यो निश्कलन्क शरीर झुट .त्यो मैले पहिलो पटक छोएको झुट .
अन्तिम पटक म नै हुन्छु , तिम्रो बाचा झुट .
अहिले अङालोमा कसैको तिमी ,
अनी उस्को लागि ,
तिम्रा आँखा निस्चल ,
ओथ निश्पाप ,
शरीर निस्कलन्क ,
उु नै फेरी पहिलो अनी फेरी अन्तिम !!!!!!!!!!!!!!!
प्रेरणाकी खानि
हौ तिमी प्रेरणाकी खानि
अनी कोमलताकी रानी।
हौ,जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।
प्रक्रितिमै छौ सुन्दरम
अनी हौ फूल की जवानी ।
पाएर तिमीलाई सधैं
मुस्काउँछ हर बिहानी ।
सीता र द्रौपती पनि
बोल्छन् प्रेमकै काहानी ।
यदि नभए धर्तिमा तिमी
हुन्थे नी कत्ति मनमानी ।
झरना पनि हौ तिमी नै
गंगा सरि निर्मल पानी ।
आखिर
मैले जिन्दगीमा सबैथोक हराए
जीवन दिप कहिले नबल्ने गराए
आँफैलाई गुमए मैले तिम्रो लागि
खरनी घसेछु हुन खोज्दा त्यगी
आँफै खाल्डो खानि आँफैलाई भराए
जीवन दिप कहिल्यै नबल्ने गराए
सबै छोडी मैले तिमीलाई समाए
संसारलाई बर्सिए तिमीमा रमाए
तिम्रो खतिर पागल हुँदा नि छोएन
भक्कानो फुट्यो यहाँ तिम्रो मन रोएन
म मात्रै तिम्रो हु भनी खुब कराए
जीवन दिप कहिल्यै नबल्ने गराए
सपनामा तिम्रो साथ आकाश माथि पुग्थे
कल्पना मा तिम्रो मुटु भित्र लुक्थे
बिपनमा हुँदा गिरेछु जगतमा
म भ्रमित भएको रहेछु फगतमा
आसा टुट्न लाग्यो म धेरै डराए
जीवन दिप कहिल्यै नबल्ने गराए
मेरो शिरमाथि खसिदियो आकाश
म दलमा भासिए भए म बिनाश
अस्तित्व मेटियो मेरो छैन आश
यो संसार मशानघाट म हु जिउदो लाश
ठुलो आँधी आयो म छेक्न डराए
जीवन दिप कहिल्यै नबल्ने गराए..
तिम्रो याद आयो
अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रै नै सतायो
मृगनयनी चच्छु तिम्रा झिम्का परेलीको
कम्पन त्यो अधरको पृत तरेलीको
औलाहरू यिनै हुन् चुम्ने तिमीलाई
वारीपारि विधाताले पार्यो हामीलाई
सँगै बाच्ने सँगै मर्ने बाचा कता गयो
मन मुटु तिम्रै रहेछ अनि याद आयो
अंगालो त्यो शिशिरको चुम्बन अधरको
मुटु भित्र घरजम गर्ने हेराई नजरको
शिर देखि पाउ सम्म तिम्रो याद आयो
शिर देखि पाउ सम्म तिम्रो याद आयो
अभावले कि स्वभाव ले हो साह्रैनै सतायो
अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रैनै सतायो
आखिर किन ?
किन खोज्छौ त मबाट हाँसो सानु
आखिर मलाई रुवाउने तिम्रो चाहा हुँदा हुदै
किन आशा गर्छौ त सुख मबाट सानु
आखिर म नै सुकुम्बासी भन्ने थाहा हुँदा हुदै ।
किन मसँग हिड्ने कोसिस् गर्यो त सानु
मेरो हरेक पाइलामा काँडे बारै बार देख्दा देख्दै
किन मेरो समीप्यमा सँसार जित्न खोज्यौ त सानु
आखिर मेरो हरेक समस्यासँग हारै हार देख्दा देख्दै ॥
त्यसैले त तिमीले........
मेरो घरको झुपडीको बास मन परेन होला
त्यसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
त्यसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।
मट्टितेलमा बाल्ने बत्ती मन परेन होला
त्यसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
त्यसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।
त्यसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।
पैदल हिंड्न तिमीलाई थकाई लाग्यो होला
त्यसैले त सरर गूड्ने मोटर बाइक् रोज्यौ
तिमीलाई पैसै ठुलो रहेछ म सोझोलाई के थाहा ?
त्यसैले त तिमीले धनमाथि नाता जोड्यौ ।
गुन्द्रुक र धिडो तिमीलाई मन परेन होला
त्यसैले त चिकेन तन्दुरी, मटन् बियर व्हिस्की रोज्यौ
यिनै यिनै चिज नपुग रहेछ र पो ममा
तिमी र म बिचको नाता सधैंका लागि तोड्यौ
जाली माया
तिमीलाई पाउन मैले लाखौ कोसिश गरें
कर्म मेरो फुट्या' रैछ आफू-आफैं जलिरहें
केही कुरा भनौ भन्थें मनमै गुम्सिरह्यो
दुनियाँको कुरा सुन्दा बिछोडिनु पर्यो
मेरो ठाउँमा तिम्रो सिउँदो अरु कसैले भरे
मलाइ छाडी पराइ भयौ परसम्म हेरिरहें
कहिलेकाहीं हेरी देउ है दोधारमा परे
कर्म मेरो फुट्यारहेछ आफै जलिरहें
सुन्दै छु म पागल सरी भौतारिन्दै छौ रे
एउटा त्यागी अर्को लिनु तिम्रो आदत भो रे
तिमीलाई पाउन मैले लाखौ कोसिश गरें
कर्म मेरो फुट्या' रैछ आफू-आफैं जलिरहें
गगन
गगन चुम्ने महल वस्छ।ैं मायालु तिमी
म धरती धुलोमा खेलाउन चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहन्न ।
थाहा छ तिमीबिना बाँच्न गाह्रो छ मलाई
तर पनि आँसु पिउने कोशिस गर्छु
बिधाताले दिएको गरिबी मलाई
यसलाई नै भाग्य ठानेर जिउन बिबश छु ।
मुटुको सानो झुप्रो त्यही पनि चुहिने छ मसँग
ममताको छानो हाल्न चाहिन
त्यही झुपडी भत्किएर लथालिंग हुँदा
त्यसलाई टाल्ने कमेरो माटो नै पाइन ।
फूलको थुंगा बिछ्यएर काँडाले
तिमीलाई घोच्न चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहान्न ।
के छ र दिऊँ म तिमीलाई
जब म आफै नग्न छु
कसरी सहरा दिऊँ म तिमीलाई
जब म आफैं अंगभंग छु ।
जिउँदो लाश हुँ मायालु म
तिम्रो सिउँदो भर्न चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो बनाउन चाहान्न ।
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो बनाउन चाहान्न ।
अरु त सबै ठिकै हो तर अन्तिम्मा जुन कबित लेख्नु भयको छ त्यो चै साह्रै मन पर्यो,वास्तविक पनि लग्यो,यस्तै-यस्तै रचन हरु लाई अगाडि बडाउन्दै लैजानु होल भबिस्य राम्रो bishnuthapa67@gmail.com
ReplyDeleteप्रयास धेरै राम्रो छ।।
ReplyDelete