यदी
तपाई आफ्नो प्रेमीलाई खुसी राख्न चाहनहुन्छ भने तपाईले केही कुरामा त
अवश्य ध्यान राख्न पर्ने हुन्छ

महिलाहरुले आफ्ना श्रीमान वा प्रेमीलाई भन्नै नहुने कुरा यस्ता छन् -
१. तिमी त तिम्रो आमा मात्रै सुन्छौ
प्राय पुरुषहरुले आमाका कुरा धेरै सुन्ने र मान्ने भएपनि उनीहरु यो कुरा कम्ती प्रेमिका अथवा श्रीमतीबाट सु्न्न चाहँदेनन्।
२. तिम्रा अगतिला साथीहरु
प्रेमी वा श्रीमान जो भएपनि उनीहरु आफ्ना साथीका नराम्रा छन भनेर स्विकार्न तयार हुँदैनन्। उनिहरु आफ्ना साथीमाथी औला ठड्याइएको र घृणा गरेको मन पराउँदैनन्।
३. तिमि त जहिलै यस्तै हो
तपाईलाई धेरै कुरा झर्क लागेपनि यस्तो शब्द प्रयोग नगर्नुहोला, तपाईले के बिर्सनु हुदैन भने तपाईले मन पराएर प्रेम गर्नु भएको हो, यदी पुरुषमा केही खराव बानी छ भने पनि विस्तारै तपाईको संगतले त्यो परिवर्तन हुन सक्दछ सातै अप्रत्यक्षरुपमा त्यसलाई हटाउन पहल गर्न सकिन्छ।
४. आज त कुरा नगरी हुन्न
यस्ता कुरालाई पुरुषले चेतावनीका रुपमा लिन्छन त्यसैले तपाई केही कुरा गर्न चाहनुहुन्छ केही नभनी सिधै भन्नुस।
५. अन्य पुरुषसंग तुलना नगर्नुस्
तपाइले तपाईको श्रीमान वा प्रेमीलाई अन्य पुरुषसंग तुलना गर्नु भनेको भुकम्प ल्याउनु हो। पुरुषहरु आफ्नो तुलना अन्यसंग भएको सुन्न चाहँदैनन्। त्यसमाथी पनि तपाईको भुतपुर्व प्रेमीसंग त तुलना गर्ने सपनानै नदेख्नुस
६. छया तिमि त तालुखुइले बन्ने भयौ
तालु खूइले हुँदै गएपनि पुरुषहरु यो कुरा सु्न्न भने चाहँदैनन्। बरु तपाईले यसको उपचार खोजेर सघाउनुस।
No comments:
Post a Comment