आज फेरी अतित,बल्झिएर आयो
आज फेरी अतित,बल्झिएर आयो
उसै गरि पिडा,बोकेर नै ल्यायो
सम्बन्ध खै के छ,दिल सँग यस्को
आज पनि उस्कै,गुनगान गायो
फिक्का हासो हासी,भुल्न खोज्दा यस्लाई
मेरो खुसी हर्न,मन मस्तिष्क धायो
पाइन मैले बाच्न,चैन सँग एकपल
आँसु बनि मेरो,आँखा भरि छायो
हुन्न रैछ निको,प्रीतिको घाऊ कैले
त्यहि घाऊले मेरो,आधा ज्यान खायो
आज फेरी अतित,बल्झिएर आयो
उसै गरि पिडा,बोकेर नै ल्यायो
म देखी टाढा सरेपनि सपनीमा आईरहन्छौ ।
माया मारेझै गरेपनि सपनीमा आईरहन्छौ ।।
... उसैको यादमा सकिदै छ यो मेरो जिवन ।
जति नै दुख परेपनि सपनीमा आईरहन्छौ ।।
सबै सकियो भन्दा भक्कनियो मन मेरो ।
प्रितिको फुल झरेपनि सपनिमा आईरहन्छौ ।।
...
कहा सधै बाँधेर राख्छु र मेरो मायाले ।
तिम्रो मन मरेपनि सपनीमा आईरहन्छौ ।।
By:- Sanjita Dhakal
No comments:
Post a Comment