कस्ती हौली


कस्ती हौली ।।


रातो साडी सिन्दुरले सजाउदा कस्ती हौली ।।
घुम्टो महिले ओढाउदा लजाउदा कस्ती हौली ।।

मृग नयन आखाँ माथी धपक्कै मुहार बल्दा ।
त्यसै माथी छम छम चुरा बजाउदा कस्ती हौली ।।

... मध्य रातमा पनि बत्ती तिम्रो अघी काम छैन ।
अंगालोमा सरु तिम्लाई समाउदा कस्ती हौली ।।

सात समुन्द्र पारी सम्म सुगन्धले मनै हर्ने ।
बाह्र मासे फुल जस्तै रसाउदा कस्ती हौली ।।

☆¸.•°*”˜˜”*°•.¸☆ BIJAYA ☆¸.•°*”˜˜”*°•.
                                                                   By :- Bijay Dhakal

No comments:

Post a Comment